भारतीय सत्तारुढ दलका नेता भनछन् : सीमा समस्या समाधान गर्न तत्पर छौं
काठमाडौं। भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमाविवाद समाधानको लागि जहिल्यै पनि तत्पर रहेको बताउका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यायले नेपाल–भारतबीचको सीमा विवाद समाधानका लागि उच्चस्तरीय वार्ता हुनुपर्नेमा जोड दिए। उनले थपे, ‘भारतले बंगलादेशसँगको सीमा विवाद त बडो आरामसँग समाधान गर्यो, नेपाल त हाम्रो नजिकको छिमेकी हो। हामी ठूलो हृदय बोकेर यो समस्याको समाधानका लागि धर्म पालना गर्छौं।’
उनले नेपाल र भारतबीच कुनै ठूलो सीमा समस्या नभएको पनि जिकिर गरे। उनले भने, ‘यदि सानातिना विवाद भए हामी आपसमा बसेर यो समाधान गर्न तत्पर छौं। यसका लागि निरन्तर सम्वाद जरुरी छ।’
उनले नेपाल स्वर्गद्धार र देवताहरुको पवित्र भूमी भएको उल्लेख गरे। उनले भने, ‘पूरै विश्वमा नेपाल एकमात्रै त्यस्तो देश हो, जो कसैको गुलाम बन्नु परेन र भएन। हामीलाई थाहा छ यो गुलामी हुँदाको पीडा र सजाय, यो मैले नेपाल र नेपालीहरुलाई प्रभावित गर्नका लागि बोलिरहेको छैन्, यो सत्य कुरा हो। नेपाल त पूरा विश्वको शीर हो। टोपी हो।’
उनले नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुमधुर रहेको स्पष्ट पार । उनले भने, ‘नेपाल र भारतबीच एक देश वा छिमेकी छिमेकीबीचको मात्रै सम्बन्ध छैन्, यो चीन, पाकिस्तान वा बंगलादेश जस्तो सम्बन्ध होइन, नेपाल त हाम्रो सहोदर भाई हो। हामीबीच रोटी र बेटीको सम्बन्ध छ ।’
उनले नेपालसँगको सम्बन्धको कुरा गर्दा भारतको आत्मा नेपालतर्फ भएको पनि सुनाए। ‘यो धर्ती रहुञ्जेलसम्म हामीबीचको सम्बन्ध कसैले पनि र कहिल्यै पनि समाप्त गर्न सक्दैन,’ उपाध्यायले भने।
आयुष मन्त्रालयका बोर्ड सदस्यसमेत रहेका नेता उपाध्यायले पछिल्लो समय पूरै विश्वमा प्रलोभन, दबाब र आर्थिक चलखेल गरेर धर्म परीवर्तन गराउने काम भैरहेको भन्दै त्यसमा आपत्ति जनाएका छन्। उनले भने, ‘यसरी धर्म परीवर्तन गराउनु गलतहो । यो अवश्य पनि राम्रो काम होइन। तर, स्वेच्छाले धर्म परीवर्तन गरे भने त्यो स्वागत योग्य कुरा हो।’
उनले सनातन धर्मालम्वीहरु सनातन भएर बाँच्न पाउनुपर्ने र सनातन धर्म भएर नै मर्न पाउनुपर्ने पनि तर्क गरे। उनले भने, ‘यो हाम्रो संस्कृति हो। तर, विश्वमा सनातन भन्दा पनि मानवताको धर्म ठूलो छ। यो कुरा पनि हामीले ख्याल गर्नुपर्छ ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment