धार्मिक पर्यटन क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट
फाइल फाेटाे
भजनी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धार्मिक पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको शिवशक्तिश्री विद्यापीठकोे नवौँ वार्षिकोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटनमा मुख्यमन्त्री भट्टले प्रदेश सरकार विकास र समृद्धिको गतिमा अघि बढेको बताए।
“सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको प्रदेश हो। धार्मिक र भौगोलिक हिसाबले पर्यटकलाई आकर्षित गर्ने थुप्रै क्षेत्रहरु छन्”, मुख्यमन्त्री भट्टले भने, “त्यसको प्रचारप्रसार र विकासका लागि प्रदेश सरकारले काम अगाडि बढाइसकेको छ ।”
उनले प्रदेशको धार्मिक पर्यटन विकासका लागि प्रदेश सरकारले पाँच वटा कोरिडोर बनाएर काम अगाडि बढ्ने लक्ष्य लिएको बताए।
कार्यक्रममा शिवशक्ति श्रीविद्यापीठका संरक्षक एक हजार आठ श्री निःशेषानन्द महाराजले समाजलाई सही बाटोमा डो¥याउनको लागि धर्मको संरक्षण आवश्यक रहेको बताए। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment