राष्ट्रसंघका महासचिव पाकिस्तान भ्रमणमा

डिसी नेपाल
४ फागुन २०७६ २१:३९

इस्लामावाद । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस चार दिने भ्रमणका लागि पाकिस्तान आएका छन्। उनि आइतबार पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

महासचिवमा निर्वाचित भएपछि उनको पाकिस्तान भ्रमण पहिलो पटक भएको हो । भ्रमणका क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री इमरान खान र विदेश मन्त्री मोहमद कुरेशीलाई पनि भेट्नेछन् । भेटका क्रममा उनीहरुका बीचमा मुख्य गरेर जलवायु परिवर्तनको बारेमा छलफल हुने बताइएको छ । उनीहरुको भेटवार्ता आइतबार नै हुने तालिका छ ।

राष्ट्रसंघीय प्रमुख गुटेर्रेसले सोमबार अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन् । अफगान शरणार्थीका बारेमा पाकिस्तान सरकार र राष्ट्रसंघीय शरणार्थी उच्चायोगको कार्यालय (युएनएचसिआर) ले संयुक्त रुपमा आयोजना गरेको ४० औँ वार्षिक कार्यक्रमलाई उनले सम्बोधन गर्ने भएका छन् । सम्मेलनमा पाकिस्तानी राष्ट्रपति अरिफ अल्भी पनि सहभागी हुनेछन् । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

महासचिव गुटेर्रेसले स्थानीय विद्यार्थीहरुलाई भेट्ने गरी पाकिस्तानको अर्को ठूलो सहर लाहोरको पनि भ्रमण गर्ने भएका छन्। उनि यही फेब्रुअरी १९ तारिखमा राष्ट्रसंघीय मुख्यालय न्युयोर्क फर्किनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *