लखनऊ एक्सप्रेस वेमा भीषण दुर्घटना, ७ जनाको जलेर मृत्यु

डिसी नेपाल
४ फागुन २०७६ २२:१५

काठमाडौं। भारतको लखनऊ एक्सप्रेस वेमा भीषण सवारी दुर्घटना भएको छ। उत्तर प्रदेशको उन्नावमा आइतबार बेलुका यो दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

समाचारअनुसार एक ट्रक र भ्यान एकआपसमा जुधेका थिए। घटनामा ७ जनाको जलेर मृत्यु भएको छ। घटना बांगरमऊको आगरा लखनऊ एक्सप्रेस–वे टोल प्लाजाको सामुन्नेमा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रहरीले शवहरु संकलन गरिएको जजनाएको छ। प्रहरीले जेलर मृत्यु भएका ७ जनाको शव संकलन गरिएको बताएको छ।

समाचारअनुसार ट्रक र मारुती भ्यान एकआपसमा ठोक्किएका थिए। दुर्घटनापछि मारुतीमा आगो लागेको थियो। र घटनास्थलमै सातजनाको जलेर मृत्यु भएको हो।

प्रहरीका अनुसार मारुतीको अगाडिको टायर पन्चर भएको थियो। टायर पन्चर भएपछि मारुतीले सन्तुलन गुमायो र अगाडिबाट आइरहेको ट्रकमा ठोक्कियो। यो दुर्घटनापछि मारुतीमा रहेका ७ जनाको जलेर मृत्यु भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *