प्रेम दिवसका दिन अमेरिकाको एटलान्टामा भव्य कार्यक्रम, बलिउड नायिका राणाद्वारा नेपालको प्रशंसा

डिसी नेपाल
५ फागुन २०७६ ७:३१

वासिङ्टन डिसी, अमेरिका । ‘भ्यालेन्टान डे’ को अवसर पारेर अमेरिकाको एटलान्टामा ‘भिजिट नेपाल २०२०’ कार्यक्रम गरिएको छ ।

पछिल्लो समय युवा पुस्ताले निकै महत्वका साथ मनाउन थालेको प्रेम दिवसका अवसरमा बिगत ५ बर्ष देखि निरन्तररूपमा एटलान्टा इभेन्ट एण्ड प्लानरद्वारा आयोजना गरिंदै आएको यो उत्सव एटलान्टा स्थित आषीयना रेस्टुराँमा भव्य रुपमा मनाइएको हो ।

उक्त कार्यक्रमको मुख्य आकर्षणको रुपमा बलिउडकी चर्चित नायिका रेखा राणाको उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा नेपालको तर्फबाट पर्यटनदूत राजा घलेले नेपाल भ्रमण बर्ष–२०२० का बारे प्रकाश पार्दै उपस्थित सबैलाई यो बर्ष नेपाल घुम्न जानका लागि आग्रह समेत गरेका छन् ।

कार्यक्रममा विशेष मन्तव्य राख्दै घलेले नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक बिबिधता, रहनसहन आदिको महत्व दर्शाउँदै भिजिट नेपाल २०२० लेखिएको तुल प्रदर्शन गरे ।

उक्त तुलमा विश्वको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेष्ट र भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी अंकित छ ।

प्रमुख अतिथि रेखा राणाले आफ्नो छोटो मन्तव्यका क्रममा नेपालको प्रशंसा गर्नुका साथै व्यक्तिगत रुपमा आफैले पनि भिजिट नेपाल बारे प्रचार–प्रसार गर्ने प्रतिबद्धता समेत जाहेर गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *