‘लागुपदार्थ तस्कर गर्न अमेरिका–मेक्सिको सीमामुनि सुरुङ मार्ग’
काठमाडौँ । सधैँ जसो सीमानाका कारण विवादमा आइरहने अमेरिका र मेक्सिकोको सीमानामुनि ठुलो सुरुङ फेला परेको छ ।
पछिल्लो समय अमेरिकी राष्ट्रपतिले मेक्सिकोको सीमानामा ठुलो पर्खाल लगाउने बताईरहेका बेला मेक्सिको र अमेरिकाको सीमामुनि एउटा लामो सुरुङ फेला परेको हो । उक्त सुरुङको लम्बाई १ दशमलव ३ किलोमिटर लामो तथा १ दशमलव ७ मिटर अग्लो तथा ६० सेन्टिमिटर चौडा रहेको छ ।
यो सुरुङ मेक्सिकोको टिहुवानास्थित औद्योगिक क्षेत्रबाट अमेरिकाको स्यान डिएगोसम्म रहेको छ ।
तस्करहरूले लागुपदार्थ तथा अन्य प्रतिबन्धित सामग्री ओसारपसार गर्न उक्त सुरुङ निर्माण गरेको आशङ्का दुई देशका अधिकारीहरूको छ।
दुई देशलाई जोड्ने यो सुरुङ अहिलेसम्म फेला परेका सुरुङमध्ये सबैभन्दा लामो भएको उनीहरूको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment