जमिनमा गाडिएको अवस्थामा एकैठाउँबाट ६ हजारभन्दा धेरै लाश निस्किए

डिसी नेपाल
५ फागुन २०७६ १३:५२

काठमाडौं। जमिनको उत्खनन गर्दा जमिनबित्रबाट ६ हजारभन्दा धेरै मानिसहरुको कंकाल बरामद गरिएको छ । यो घटना पूर्वी अफ्रिकी देश बुरुण्डीको हो । यहाँको सरकारको तर्फबाट जनवरीमा देशैभरी सुरु गरिएको उत्खनन अभियानपछि यो कंकालको अहिलेसम्मकै सबैभन्दा ठूलो खोज भएको रोयटर्सको समाचारमा उल्लेख छ ।

बुरुण्डीको कस्सी प्रान्तका ६ सामूहिक चिहानबाट यति ठूलो संख्यामा कंकाल बरामद गरिएको हो । समाचारका अनुसार कूल ६ हजार ३३ जनाको कंकाल भेटिएका छन् । कंकालको साथबाट गोलीहरु, मानिसहरुका कपडा, चश्माहरु लगायत अन्य सामानहरु पनि भेटिएका छन् । शवसँग भेटिएका सामानबाट मानिसहरुको पहिचान भइरहेको छ ।

केही वर्ष पहिले सरकारले देशभरका ४ हजार सामूहिक चिहान खन्ने र शवको पहिचान गर्ने निर्णय गरेको थियो । यसको लागि सत्य निरुपण तथा मेलमिलाप आयोग बनाइएको छ । बुरुण्डीमा १९९३ मा गृहयुद्ध सुरु भएको थियो । यो युद्ध २००५ सम्म चल्यो । अन्त्यमा एक सम्झौता भएपछि युद्ध रोक्न सकिएको थियो ।

अनुमानका अनुसार गृहयुद्धका क्रममा करिब ३ लाख नागरिकले ज्यान गुमाएका थिए । बुरुण्डीमा १९६५, १९६९, १९७२, १९८८ र १९९३ मा सामूहिक नरसंहार भएका थिए । हुतु र तुत्सी समुदायका धेरैजसो मानिसहरु हिंसाको शिकार भएका थिए । संयुक्त राष्ट्रसंघले मे २०२० मा हुने चुनावअघि बुरुण्डीमा फेरि मानवअधिकार हननका घटना बढ्न सक्ने चेतावनी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *