शुल्क नतिरेपछि एनआरएनएका १ दर्जन सदस्यको सपथ रोकियो, तिर्न अटेर गरे बर्खास्त गरिने

डिसी नेपाल
५ फागुन २०७६ १६:५०

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का १ दर्जन बढी सदस्यले अहिलेसम्म पनि सदस्य शुल्क तिर्न अटेर गरेका छन् । मनोनित तथा निर्वाचित १ दर्जन भन्दाबढी आईसीसी सदस्यहरूलाई बारम्बार आग्रह गर्दा पनि शुल्क नतिरेपछि संघले उनीहरूमाथि कार्यवाही बढाउने प्रक्रिया अघि सारेको छ ।

संघका प्रवक्ता डिबी क्षेत्रीले शुल्क नर्तिने त्यस्ता आईसीसी सदस्यहरूको सपथ नै रोकिएको बताएका छन् । ‘हामीले उहाँहरूलाई शुल्क तिरेर सपथ खान बारम्बार आग्रह गरेका छौँ । शुल्क तिर्न बाँकी रहेका त्यस्ता सदस्यहरूलाई २९ फेब्रुअरी सम्म शुल्क बुझाउन संघले आग्रह गरेको छ । दिएको अन्तिम म्याद सम्म पनि शुल्क नबुझाए हामीले कारवाही प्रक्रिया अघि बढाउनेछौँ,’ उनले भने ।

संघको निमयअनुसार मनोनित सदस्यले १ हजार र निर्वाचित सदस्यले ५ सय डलर तिर्नुपर्ने हुन्छ ।

फेब्रुअरी अन्तिम सम्ममा पनि शुल्क बुझाएर सपथ नखाए त्यस्ता सदस्यहरूलाई बर्खास्त गर्ने एनआरएनएले तयारी थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *