बलात्कार अभियोगबाट मुक्त भएपछि महराले के भने?

डिसी नेपाल
५ फागुन २०७६ १९:१०

काठमाडौं। संसद सचिवालयकी एक महिला कर्मचारीमाथि उनकै कोठामा गएर बलात्कार गरेको आरोपछि सभामुख पदबाट राजीनामा दिएका महरा सोमबार जिल्ला अदालत काठमाडौंको फैसलाबाट अभियोग मुक्त भएका छन्।

पीडित भनिएकी महिला रोशनी शाहीले इनकारी बयान दिएको भन्दै अदालतले महरालाई निर्दोष ठहर गरेपछि महरा सोमबार १०३ दिनको कारागार बसाईपछि मुक्त भए। उनले सफाइ पाएपछि एक विज्ञप्ति जारी गर्दै देशको स्वाधिनताका लागि लड्ने बताएका छन्। महराले चर्चित एमसीसी कम्प्याक्ट संसदबाट पारित नगराएको चर्चा सोही कारण बलात्कारमा मुछेको चर्चाकाबीच महराले देशको स्वाधिनताका लागि लड्ने बताउनलाई अर्थपूर्ण रुपमा हेरिएको छ। तर, महराले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा स्वाधीनताका लागि लड्ने भने पनि एमसीसीबारे भने केही उल्लेख गरेका छैनन्।

उनले आफू जेलमा रहँदा सहयोग गर्ने सबैलाई धन्यावाद पनि दिएका छन्। महरा गएको असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए। रोशनी शाहीले आफूमाथि बलात्कार गरेको श्रव्यदृष्यमा अन्तर्वार्ता दिएपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *