काँग्रेस नेता तथा पूर्वसांसद ज्ञवालीको निधन, सभापति देउवाद्वारा दु:ख व्यक्त
काठमाडौं । पूर्व सांसद तथा नेपाली कांग्रेस गुल्मीका पहिलो जिल्ला सभापति भागवत ज्ञवालीको निधन भएको छ।
काठमाडौंको अल्का अस्पतालमा उपचाररत ज्ञवालीको ७७ वर्षको उमेरमा आज (मंगलबार) बिहान तीन बजे मृत्यु भएको हो।
ज्ञवाली गुल्मीका संस्थापक पार्टी सभापति तथा २०४८ सांसद, प्रतिनिधि सभा सदस्य हुन् ।
ज्ञवालीको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “उहाँको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्व गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु ।”
ज्ञवालीको आजै मध्यन्ह १२ बजे पशुपति आर्यघाटमा दाह संकार गरिनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment