महाशिवरात्रीको पूर्वसन्ध्यामा काठमाडौँमा शोभायात्रा
काठमाडौँ । यसवर्षको महाशिवरात्रीको पूर्वसन्ध्यामा मंगलबार शोभायात्रा गरिएको छ।
नेपाल भ्रमणवर्षसँग जोडेर महाशिवरात्रीलाई भव्य रुपमा मनाउने योजना अनुसार मंगलबार शोभा यात्रा गरिएको हो।
महाशिवरात्रीमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोषले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट सुरु गरेको शोभा यात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपसम्म पुगेको थियो।
यात्रामा साधुसन्त, महन्त, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्याण्ड टोलीको पनि सहभागिता रहेको थियो।
यसैगरी कोषका पदाधिकारी र कर्मचारी, नेपाल वेद विद्याश्रमका शिक्षक, विद्यार्थी र महाशिवरात्री मुल समारोह समारोह समिति लगायतको सहभागिता रहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment