समृद्धि र सुशासन कायम गर्न आवश्यक छ : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
७ फागुन २०७६ १९:३३

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न आन्दोलनमार्फत प्राप्त जनादेशअनुरूप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताएका छन् ।

बुधबार ७०औँं प्रजातन्त्र दिवसको अवसरमा उनले बागमती प्रदेश सरकारद्वारा हेटौँडामा आयोजित कार्यक्रममा उनले भने, ‘संविधान जारी भएसँगै निर्वाचनमार्फत संघीय, प्रदेश तथा स्थानीय तह गठन भइसकेका छन् । नयाँ व्यवस्था, नयाँ अनुभवको प्रदेश सरकार गठन सबैका लागि नौलो छ । आर्थिक, सामाजिक रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु ।’

सरकारको राम्रा कामको बारेमा जनतालाई सुसूचित गर्न आग्रह गर्दै उनले राजनीतिक दलको नेतृत्वले आ–आफ्नो दलको स्वार्थभन्दा माथि उठेर संविधान, प्रजातन्त्रणमा सुदृढिकरण र राष्ट्रियताको संरक्षणको लागि एकै ढिका भएर हिड्नुपर्ने अवस्था आएको बताए । कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले आफ्नो क्षेत्रमा सुशासन ल्याउन र दिगो शान्तिसुरक्षा तथा विकासको पूर्वाधारलाई कार्यान्वय तर्फ जोड दिनुपर्ने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *