राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा खरिपाटी क्वारेन्टाइनको अनुगमन

डिसी नेपाल
७ फागुन २०७६ २०:५८

भक्तपुर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन बुधबार खरिपाटी पुगेका अध्यक्ष तिमिल्सिनाले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीसँग सिसी क्यामराको माध्यमबाट भिडियो कुराकानी गरेका छन् ।

कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारेमा जानकारी लिएका हुन् । क्वारेन्टाइनभित्र रहेका नेपालीले सरकारले पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउँदै उनले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्धारा उनीहरुको अवस्थाबारे थप जानकारी लिएका थिए ।

उनलाई नेपाली सेनाका कर्णेल शिव पौडेलले यहाँको अवस्थाको बारेमा जानकारी गराएका थिए । क्वारेन्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २५० जनाको टोली खटिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *