यातायात व्यवस्था कार्यालय भक्तपुरद्वारा तीन महिनामा ९० हजार थान लाइसेन्स वितरण

डिसी नेपाल
३२ असार २०८३ ११:४७

भक्तपुर। यातायात व्यवस्था कार्यालयले बितेका तीन महिनाको अवधिमा ९० हजार थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ।

यसरी ठूलो संख्यामा लाइसेन्स वितरण भएसँगै राज्यकोषमा कुल १९ करोड ८२ लाख रुपैयाँ राजस्व दाखिला भएको छ।

उक्त तीन महिनाको अवधिमा कुल दुई लाख ३८ हजार थान लाइसेन्स छापिएकामा ९० हजार जना सेवाग्राहीलाई अनुमतिपत्र प्रदान गरिएको कार्यालयका प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार पछिल्लो समय लाइसेन्स वितरण कार्यलाई तिव्रता दिइएको छ, जसअन्तर्गत हाल दैनिक एक हजारदेखि एक हजार आठ सय जनासम्म सेवाग्राहीलाई अनुमतिपत्र प्रदान हुँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *