बानेश्वरको एक क्याम्पसमा बिहानै छात्रा बलात्कृत

डिसी नेपाल
८ फागुन २०७६ ९:१७
688
Shares

काठमाडौँ । मीनभवनस्थित नेपाल कमर्स क्याम्पस (एनसीसी कलेज) मा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन्।

क्याम्पसमा अध्ययरत एक छात्रले बिहान कक्षा शुरू हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।

पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्स क्याम्पसमा तेस्रो सेमेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

माघ २९ गते बुधबार भएको यस घटनाको जानकारी प्रहरीले बुधबार मात्रै गराएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *