नेपाल एयरलाइन्सको हङकङ काउण्टरमा दलालको विगविगी, पर्यटनमन्त्रीलाई ध्यानाकर्षण

डिसी नेपाल
८ फागुन २०७६ ११:५०

हङकङ । हङकङको विमानस्थलमा रहेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को चेक इन काउन्टरमा दलाहरुहरुको विगविगी भएको भन्दै पयर्टयन, नागिरक उड्यन तथा संस्कृति मन्त्री योगेश भट्टराईको  ध्यानाकर्षण गराइएको छ ।

गैरआवासीय नेपाली संघ, एनआरएनए हङकङले विमानस्थलमा रहेको निगमको चेक इन काउन्टर अनाधिकृत व्यक्ति (दलाल) को अनावश्यक उपस्थितिले यात्रुहरूलाई असुविधा तथा गैर कानूनी कार्य हुने गरेको जनगुनासो आएको भन्दै नेपाल सरकारको ध्यानर्कषण गराएको हो।

संघले मन्त्री योगेश भट्टराईलाई ‘नेपाल भम्रण वर्ष २०२०’ लगायत हङकङमा भएका गतिविधि तथा हङकङमा रहेका नेपालीका विविध समस्याका बारेमा अवगत गराउँदै ज्ञापन पत्र बुझाएको हो । एनआरएनए हङकङ अध्यक्ष राधिका ९टिका ० गुरुङ, महासचिव गोर्कण ढकालसहित आईसीसी सदस्य डासु राम पराजुलीले मन्त्री भट्टराईलाई जनगुनासोको बारेमा अवगत गराउँदै समस्या समाधानको लागि पहल गरेका हुन् ।

ज्ञापनपत्रमा हङकङ–काठमाडौं हवाई भाडा तुलनात्मक रूपले अन्य गन्तव्य भन्दा अत्यधिक रहेको, नेपाल वायु सेवा निगमबाट हङकङ ट्रान्जिट हुने यात्रुलाई ट्रान्जिट भिसा अनिवार्य भए पनि अन्य विमान कम्पनीलाई उक्त शर्त नरहेको विषय समेत उल्लेख गरिएको छ । पर्यटन मन्त्री भट्टराईलाई बुझाइएको सो ज्ञापनपत्रमा नेपाल वायु सेवा निगमलाई बोधार्थ गरिएको छ ।

मन्त्री भट्टराईले हङकङमा नेपालीहरूले झेल्नुपरिरहेको समस्याको विषयमा सम्बन्धित निकायलाई कडा भन्दा कडा निर्देशन दिई कार्य गर्ने समेत आश्वासन दिएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *