संचारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरोध

डिसी नेपाल
८ फागुन २०७६ १५:१४

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै बिहीबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। बिहीबार बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले विरोध जनाएका थिए।

त्यसपछि सभामुख अग्नि सापकोटाले कांग्रेस सचेतक पुष्पा भुसालले संचारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै संसदको काम कारवाही अगाडि बढाउन सहयोग गर्न नसक्ने जनाइन्। त्यसपछि कांग्रेस सांसद आफ्नो सिटबाट उठेर संसद बैठक अवरोध गरेका थिए। सभामुखले बारम्बार बस्न आग्रह गर्दा पनि अवरोध हटाउन कांग्रेस सहमत भएपछि प्रतिनिधिसभा बैठक फागुन १३ गतेसम्मका लागि स्थगित भएको छ।

यसअघि बिहीबारको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसले बास्कोटालाई बर्खास्त गर्नुपर्ने, घटनाको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने र प्रधानमन्त्रीले संसदमा यसको जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको  थियाे।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्टसँग गरेको कुराकानी सार्वजनिक भएको छ। उक्त कुराकानीमा बाँस्कोटाले आफूले पाउने कमिसनको विषयमा कुराकानी गरेका छन्।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *