जापाननजिकै रोकिएको पानीजहाजका दुई यात्रुको कोरोनाभाइरसका कारण मृत्यु

डिसी नेपाल
८ फागुन २०७६ १९:३४

बीबीसी । धेरै यात्रुहरूमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण अर्थात् कोभिड–१९ भएको पाइएपछि जापानी तटनिर धेरै दिनदेखि क्वारन्टीनमा राखिएको एउटा क्रूज पानीजहाजका दुई यात्रुको मृत्यु भएको छ।

ती दुई व्यक्ति ८० वर्षभन्दा धेरै उमेरका जापानी नागरिक थिए र उनीहरू पुराना रोगबाट पनि पीडित थिए। कोभिड–१९ भएको पाइएपछि उनीहरूलाई बाहिर अस्पताल लगिएको थियो।

उक्त पानीजहाजमा भएका यात्रुमध्ये कम्तीमा ६२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। त्यहाँ चीनबाहिर एकै ठाउँमा सबैभन्दा ठूलो सङ्ख्यामा मानिसहरूलाई सङ्क्रमण भएको हो।

उक्त पानीजहाजमा ३,७०० मानिस सवार थिए। परीक्षणमा सङ्क्रमण नभएको पाइएका यात्रुलाई १४ दिने क्वारन्टीनपश्चात् बुधवारबाट बाहिर जान दिइएको छ।

बिहीवार पनि यात्रुहरू उक्त जहाजबाट बाहिरिने क्रम जारी छ। सो पानीजहाजमा सङ्क्रमण फैलिएपछि जापानले त्यसबारे गरेको व्यवस्थापनको आलोचना भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “जापाननजिकै रोकिएको पानीजहाजका दुई यात्रुको कोरोनाभाइरसका कारण मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *