कोरोनाभाइरसः जब चीनको वुहानबाट ल्याइएका ७२ जनालाई जिउँदै जलाउन खोजियो…

डिसी नेपाल
९ फागुन २०७६ ११:३१

काठमाडौं। चीनको वुहान प्रान्तबाट स्वदेश फर्काइएका नागरिकलाई युक्रेनमा जिउँदै जलाउने प्रयास गरिएको छ । त्यहाँका स्थानीयले क्वारेन्टाइनका लागि ल्याइएको ७२ जना नागरिक सवार बसमा आगोको गोला फालेका थिए । उनीहरुले आफूहरु पनि संक्रमित हुन सक्ने भन्दै बसमा आक्रमण गरेको रोयटर्सले जनाएको छ

ती युक्रेनी नागरिकहरूलाई १४ दिनको क्वारेन्टाइनका लागि नोबी सान्जारीस्थित अस्पताल लगिँदै थियो । बाटोमै बसमा आक्रमण भभएको हो । आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्थानिय जनताहरूलाई एकजुटता देखाउन र आफूहरू सबै मानव भएको सम्झन अपिल गरेका छन् । बिहीबार कोरोनाभाइरसबाट पीडित चिनियाँ शहर वुहानबाट ४५ युक्रेनी नागरिकसँगै २७ विदेशी नागरिकहरूलाई पूर्वी युक्रेनको कारकिभ ल्याइएको थियो ।

६ वटा बसमा राखेर उनीहरूलाई अस्पताल लगिदैं गर्दा स्थानीय प्रदर्शनकारीहरूले ती बसहरूमा ढुंगा र आगोका गोलाहरु प्रहार गरेका थिए । त्यहाँको स्वास्थ्य मन्त्रालयले वुहानबाट उद्धार गरेर ल्याइएका कोहीमा पनि कोरोनाभाइरसको संक्रमण नरहेको स्पष्ट पारेको छ । आक्रमण भएपछि युक्रेनका प्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा आन्तरिक मामिला मन्त्रीले त्यहाँ पुगेर तनाव मत्थर गर्ने प्रयास गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *