विकासको मूलआधार नै धर्म र संस्कृति हो : मुख्यमन्त्री

डिसी नेपाल
९ फागुन २०७६ १८:०४

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासको मूल आधार नै धर्म र संस्कृति रहेको बताएका छन्र । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको ११ औं वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले सबै मिलेर धर्म र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पौडेलले धर्मसंस्कृति नेपालको पहिचान र अस्तित्वसँग जोडिएकाले यसको संरक्षणको विकल्प नरहेको बताउँदै नेपालका धार्मिकस्थललाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने औंल्याए । भारतीय भक्तजन तथा पर्यटकलाई आकर्षण गर्ने गरी मन्दिर विकास र विस्तार गर्नुपर्ने बताउँदै उनले मन्दिरको विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्रीले आजै डोलेश्वर महादेव मन्दिरको दर्शन एवं पूजा गरेको सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष एवं समितिका पूर्ववरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिए । उनले मन्दिरको गुरुयोजनानुरुप निर्माण भइरहेको बताउँदै एक वर्षभित्र मूल मन्दिर, प्रवेशद्वारलगायत संरचना निर्माण पूरा हुने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *