एनपीपीएले अमेरिकामा युवा परिचालन कार्यक्रम आयोजना गर्ने

डिसी नेपाल
९ फागुन २०७६ २२:०१

वासिङ्टन डिसी (अमेरिका)। नेपा: पासा पुच: अमेरिकाय (एनपीपीए)ले तेस्रो युवा परिचालन र नेटवर्किङ कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आगामी मार्च ७ तारिखका दिन मेरिल्याण्ड राज्यको राजधानी अन्नापोलिसस्थित मेरिल्याण्ड हाउस अफिस बिल्डिङमा हुनेछ।

मेरिल्याण्ड स्टेट क्यापिटलमा उक्त कार्यक्रमको अनुभव लिनका साथै भ्रमणका लागि उत्तम अवसर भएको एनपीपीएले जनाएको छ। उक्त कार्यक्रमको उद्देश्य आफु्नो समुदायको साथसाथै नेपाली समुदाय भित्रका सबै युवाहरुको सोंचलाई जोड्नु रहेको छ। यसबाट युवाहरुको व्यक्तिगत र व्यवसायिक बिकासमा बढावा हुने आयोजकले आशा राखेको छ।

यस्तै उक्त कार्यक्रमले नेपाली समुदायका सदस्यहरुलाई अमेरिका र अन्यत्र नेवा सांस्कृतिक सम्पदाको प्रवर्धन, संरक्षण र सुदृढीकरणमा सक्रियरुपमा लाग्न प्रोत्साहित गर्ने एनपीपीएले जनाएको छ।

विस्तृत जानकारीको लागि तल दिइएको PDF हेर्नुहोस अथवा यहाँँ क्लीक गर्नुहोस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *