कोरोना भाइरसबाट इटलीमा पनि एक जनाको मृत्यु, विद्यालय बन्द

डिसी नेपाल
१० फागुन २०७६ ७:०४

एजेन्सी । इटालीमा पनि कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ।

इटलीमा शनिबार ७८ वर्षका एक वृद्धको ज्यान गएको बीबीसीले जनाएको छ।

इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका स्कुल तथा कार्यालय बन्दको घोषणा गरिएको इटालीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म २६ देशमा १ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको खबरमा उल्लेख छ।

चीनमा मात्रै अहिलेसम्म कोरोना भाइरसबाट २ हजार २ सय ३९ जनाको ज्यान गएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *