सोच्नै नसकिने गरी बढ्यो सुनको भाउ, बन्यो अर्को उच्च रेकर्ड

डिसी नेपाल
११ फागुन २०७६ ११:३४

काठमाडौं । आज साताको पहिलो दिन आइतबार पुनः सुनमा अर्को उच्च रकर्ड बनेको छ ।

आज छापावाल सुन प्रतितोला ७८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो मुल्य नेपालको इतिहासकै सबैभन्दा उच्च हो।

आज तेजावी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

केही समययता चीनमा महामारिको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यसअघि अमेरिका चीनबीचको व्यापार युद्धका कारण सुनको भाउ बढेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *