देशको शान्ति सुरक्षाको अवस्था सामान्य छ : गृहमन्त्री थापा

डिसी नेपाल
११ फागुन २०७६ १७:११

हेटौंडा । गृहमन्त्री रामबहादुर थापाले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताएका छन् । बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा होटौंडामा आयोजित प्रदेश स्तरिय सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले देशको शान्ति सुरक्षा समान्य अवस्थामा रहेको बताएका हुन् ।

उनले विगतमा जस्तो अस्थिरता, अराजकता र अशान्तिको अवस्था नरहेको बताए । गृहमन्त्रालय जनताको जीउ धनको सुरक्षामा पूर्ण रुपमा प्रतिवद्ध रहेको समेत उनले बताए ।

उनले अन्तर्राष्ट्रिय संघसंस्थाहरुले मूल्याङ्कन गरि प्रकाशित गरेको प्रतिवेदनमा पनि नेपालको शान्ति सुरक्षा र सुशासनको अवस्थामा सुधार आएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *