वामदेवलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको तयारी हुँदा कसले के भन्यो?

डिसी नेपाल
११ फागुन २०७६ १८:४८

काठमाडौं। आइतबार नेपाली राजनीतिलाई नै तरंगित बनाउने गरी सत्तारु दल नेकपाले संविधान संशोधनको तयारी थालेपछि सामाजिक सञ्जालमा त्यसको तिब्र आलोचना भएइको छ।

नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा संविधान संशोधनका लागि कार्यदल बनाएको छ। नेकपाले राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री हुन पाउने व्यवस्थाका लागि संविधान संशोधनको तयारी थालेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसलाई तमासा भनेको छ। प्रतिनिधिसभा चुनावमा हारेका वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरी प्रधानमन्त्री हुने बाटो खुला गर्न संविधान संशोधनको तयारी थालिएको हो।

नेकपाले कार्यदल बनाएपछि काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘मधेसले माग्यो संविधान शोधन, भनियो–हुन्न, जनजातिले मागे हुन्न भनियो। दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो । तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी? गम्भीर राष्ट्रिय विमर्श बिना यो के तमासाको तयारी कमरेडहरु?’

सामाजिक सञ्जालमा पूर्व अर्थ सचिब रामेश्वर खनालले पनि नेकपाको यो तयारीप्रति आपत्ति जनाएका छन्। उनले लेखेका छन्, ‘यस्तो आपत्तिजनक गृहकार्य गर्ने सोच कसरी उब्जियोरु यो कार्य अघि नबढोस।’


सामाजिक सञ्जालमा यसको तिब्र विरोधमा प्रतिक्रियाहरु आइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *