कर्कट र वृश्चिकलाई विशेष धन लाभ, कुन राशिका लागि कस्तो छ दिन?

डिसी नेपाल
२१ साउन २०८३ ६:१८
  • मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको प्रगतिमा मन हर्षित बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

  • वृष : दिन सामान्य छ। हौसिएर लगानी गर्दा व्यापारमा जोखिम बढ्नेछ। राजनीतिमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा सोचेजस्तो नतिजा प्राप्त नहुँदा मन निराश बन्नेछ। वैदेशिक क्षेत्रतर्फ आकर्षण बढ्नेछ।

  • मिथुन : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्दा मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मनमा उत्साह बढ्नेछ।

  • कर्कट : दिन धेरै राम्रो छ। धन लाभ हुनुका साथै रमाइलो यात्राको योग छ। मान-सम्मान प्राप्त हुने दिन छ। धार्मिक कार्यमा सहभागी हुँदा नयाँ सिर्जनात्मक विचार आउनेछ। शिक्षामा लाभ हुनेछ भने काम गर्दा मन शान्त रहनेछ।

  • सिंह : पठनपाठनमा मन जानेछ। शुभ ग्रहको प्रभाव रहेकाले शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। गोपनीयता कायम राख्नु उपयुक्त हुनेछ। सामाजिक क्षेत्रमा काम गर्दा मनमा शान्ति मिल्नेछ।

  • कन्या : दिन सामान्य छ। सानो कुराले मनमा उथलपुथल ल्याउन सक्छ। आर्थिक क्षेत्रमा व्ययभार थपिए पनि स्वास्थ्यमा सुधार हुनेछ। अभिभावकसँगको अन्तरक्रिया र छलफलले फाइदा पुर्याउनेछ।

  • तुला : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। विपक्षीको समेत साथ र सहयोग मिल्नेछ। राजनीतिमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको उचित फल प्राप्त हुनेछ।

  • वृश्चिक : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सही सदुपयोग गर्नुपर्नेछ। सम्पत्तिको पछि लाग्दा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सचेत रहनुहोला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • धनु : दिन राम्रो छ। मन शान्त बन्नेछ। विपक्षी साथीहरूको साथ मिल्नेछ। राजनीतिमा फाइदा पुग्नेछ भने धार्मिक क्षेत्रमा सहकार्य हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनुका साथै प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • मकर : दिन सामान्य छ। लगानीबाट सामान्य नाफा भए पनि नयाँ व्यापारमा लगानी नगर्नु नै उचित हुन्छ। स्वास्थ्य र शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। परिवारको व्यवहारले मन अशान्त बन्ने जोखिम छ।

  • कुम्भ : दिन सामान्य छ। टाउको दुख्ने समस्या वा स्वास्थ्यमा जोखिम बढ्न सक्छ। काममा केही बाधा र अवरोध देखिए पनि व्यापारको लगानीबाट भने नाफा हुनेछ। परिवारमा सचेत भएर बोल्नु उचित हुन्छ। साथीभाइबाट प्रशंसा मिल्नेछ।

  • मीन : दिन राम्रो छ। धार्मिक व्यक्तिहरूसँगको भेटले मनमा उत्साह बढाउनेछ। विपक्षीहरू पनि सहकार्य गरेर अगाडि बढ्न सहमत हुनेछन्। धार्मिक र सामाजिक क्षेत्रमा नाम रहनेछ। परिवारको साथले हौसला थप्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *