मुख्यमन्त्री भट्टद्वारा राष्ट्रपतिको भ्रमणबारे जानकारी

डिसी नेपाल
१२ फागुन २०७६ २२:१६

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रपतिद्वारा सुदूरपश्चिमका विभिन्न स्थानमा हुने भ्रमणबारे प्रदेश प्रमुखलाई साेमबार जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीको सुदूरपश्चिम प्रदेशको विभिन्न क्षेत्रमा हुने भ्रमण तथा अवलोकनको तयारीको विषयमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तसँग मुख्यमन्त्री भट्टले छलफल गरेका थिए ।

मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीका अनुसार धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री भट्ट र प्रदेश प्रमुख पन्तबीच समसामयिक विषयमा पनि छलफल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *