बालुवाटार जग्गा प्रकरणमा हामीलाई दलाल र भूमाफियाले फसाए : कुमार पन्त 

डिसी नेपाल
१३ फागुन २०७६ १३:१५

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले आफूहरुलाई दलाल र भूमाफियाले फसाएको दावी गरेका छन् । स्पेनको बार्सिलोनामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले काठमाडौँस्थित संघको भवन  निर्माण गरिएको बालुवाटार जग्गा प्रकरणमा एनआरएनएलाई दलाल र भूमाफियाले  षड्यन्त्रपूर्वक फसाइएको दावी गरेका हुन्।

‘जग्गा खरीद गर्नुपूर्व हामीले विश्वासको भरमा काम गर्यौ। यो नै गल्ती भयो,’ अध्यक्ष पन्तले भने ‘विश्वासको भरमा काम गर्दा हामीलाई दलाल र भूमाफियाले फसाए ।’

पन्तले यस विषयमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष शेष घले, जिवा लामिछानेलगायत सबैसँग सम्पर्क भएको तर निवर्तमान अध्यक्ष भवन भट्टसँग कुराकानी हुन नपाएको बताए। ‘छिटै कुराकानी गर्छु। मार्चको अन्तिम साता काठमाडौंमा छलफल तय भएको छ’, उनले भने।

अध्यक्ष पन्तले अन्तरक्रियामा उठेका प्रश्न तथा जिज्ञासाको सवाल जवाफ दिएका थिए । उनले विदेशमा बस्ने लाखौं गैरआवासीय नेपालीको दुखको कमाईले आफुहरुले उक्त जग्गा १२ करोड ७२ लाखमा खरिद गरेको र करिब १७ करोड खर्च गरेर भवन निर्माण गरिसकेको हुनाले अब संघले मुद्दा मामिलामा नगइ सरकारसँगको सहकार्यमा जग्गाको पैसा फिर्ता मागेर भवन प्रयोग गर्नुको विकल्प नभएको बताए । ‘भित्रीरुपमा जग्गाको विषयमा बुझ्दा एकले अर्कालाई देखाउने कारण अझैं सत्यतथ्य थाहा पाउन सकेको छैन । आईसीसीलगायत एनसीसीमा पनि यो छलफलको विषय बनेको छ,’ उनले भने ‘धेरै गैरआवासीय साथीले पनि सोधिरहनु भएको छ। यसबारेमा छिट्टै हामी वास्तविकता बताउने छौं ।’

अन्तरक्रिया कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख अतिथि थिए । कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले प्रवासमा रहेका नेपालीहरूको सुख–दुःखमा सरकारले साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *