लमजुङमा तीन वर्षमा ११ बालविवाह रद्द
लमजुङ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएकोे छ।
मुलुककी कानून ऐनका अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। जिल्ला प्रहरी कार्यालय अन्तर्गतको सो केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले बालविवाह रोक्न प्रहरी सफल भएको बताइन्। बेशीशहरमा बढी बालविवाह हुने गरेको बताइएको छ। यहाँका बालविवाह रोक्न सम्बन्धित निकायलाई चुनौती बन्न थालेको छ।
बालविवाह न्यूनीकराणका लागि धेरै सचेतनामूलक कार्यक्रम र विभिन्न अभियान जिल्लामा सञ्चालन हुँदै आएको छ। बालविवाह हुनुमा विदेशीको प्रभाव, सामाजिक सञ्जालको प्रयोगबाट सानै उमेरमा प्रेममा पर्नु लगायतका मुख्य कारण रहेको उनले बताइन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment