स्टाफ कलेजले सुरक्षा चुनौति समाना गर्ने जनशक्ति उत्पादन गर्छ : उपकुलपति डा. बास्कोटा

डिसी नेपाल
१३ फागुन २०७६ १७:१२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले २१ औं शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न दिक्षित विद्यार्थीहरु सफल हुने बताएका छन् । नेपाली सेनाको आर्मी कमाण्ड तथा स्टाफ कलेजको दिक्षान्त समारोहमा उनले यस्तो बताएका हुन् ।

उनले सैनिक क्षेत्रमा धेरै चुनौतिहरु रहेको र त्यसलाई सामना गर्न यस कलेजबाट उत्पादन भएका विद्यार्थीहरु सक्षम रहेको विश्वास समेत व्यक्त गरे । उनले विश्वमा आउने जस्तोसुकै सुरक्षा चुनौति समाना गर्न सक्ने जनशक्ति तयार गर्न र व्यवसायीकता तथा सैनिक सिप सिकाउन स्टाफ कलेज सँधै अगाडि रहेको समेत बताए ।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले दिक्षित विद्यार्थीहरु विश्वले चाहेको आधुनिक सैनिक जनशक्ति बन्न सफल भएको विश्वास व्यक्त गरे । उनले कुनैपनि सैनिक अफिसरका लागि विश्लेषणात्मक क्षमता, योजना र सञ्चार कौशल महत्वपूर्ण हुने भएकाले विद्यार्थीहरु त्यसमा सक्षम हुने बताए । उनले नेपाली सैनिकहरु पनि विभिन्न मुलुकमा काम गर्न जाँदा सहयात्रीका रुपमा समन्वय गरेर काम गर्न यसप्रकारको शिक्षा कोषेढुंगा हुने समेत बताए ।

दिक्षान्त समारोहमा कलेजको २६ औं ब्याचका ६३ जना विद्यार्थीहरु दिक्षित भएका छन् । जस मध्ये ५० जना नेपाली आर्मीबाट, १ जना राष्ट्रिय अनुसन्धान विभाग, १ जना सशस्त्र प्रहरीबाट, १ जना नेपाल प्रहरीबाट र १० जना विभिन्न १० मुलुकका सुरक्षा निकायबाट रहेका छन् । १० जना विदेशीहरुमध्ये बंगलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाबाट रहेका छन् । वि.सं.२०४९ सालमा स्थापना भएको यो कलेजबाट अहिलेसम्म १ हजार ५३ जना दिक्षित भइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *