तीन वर्षमा ११ बालविवाह रद्द

डिसी नेपाल
१३ फागुन २०७६ १८:०५

लमजुङ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले तीन वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएकोे छ ।

मुलुककी कानून ऐनका अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन । जिल्ला प्रहरी कार्यालय अन्तर्गतको सो केन्द्रकी प्रमुख नन्दुकुमारी अधिकारीले बालविवाह रोक्न प्रहरी सफल भएको बताईन् । बँेसीशहरमा बढी बालविवाह हुने गरेको बताइएको छ । यहाँका बालविवाह रोक्न सम्बन्धित निकायलाई चुनौती बन्न थालेको छ ।

बालविवाह न्यूनीकराणका लागि धेरै सचेतनामूलक कार्यक्रम र विभिन्न अभियान जिल्लामा सञ्चालन हुँदै आएको छ । बालविवाह हुनुमा विदेशीको प्रभाव, सामाजिक सञ्जालको प्रयोगबाट सानै उमेरमा प्रेममा पर्नु लगायतका मुख्य कारण रहेको उनले बताईन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *