नेपाली सेनाका जर्नेललाई राष्ट्रसंघको उच्चपद

डिसी नेपाल
१३ फागुन २०७६ २०:२४

काठमाडौं । सिरिया र इजरायलको सीमा गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारी नेपालले पाएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा उक्त जिम्मेवारी नेपाली सेनाका उपरथी इश्वर हमालले पाएका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले संयुक्त राष्ट्रसङ्घीय शान्ति पर्यवेक्षण सैनिक कमाण्डर (युएन डिस्इङ्गेजमेन्ट अब्र्जभेशन फोर्स) कमाण्डरमा संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई छनोट गरेको औपचारिक सूचना प्राप्त भएको जानकारी दिए।

शान्ति सैनिकको फोर्स कमाण्डरको जिम्मेवारी पाउने उपरथी हमाल छैटौँ उच्च नेपाली सैनिक अधिकृत हुन् । हमालको हेसियत संयुक्त राष्ट्रसंघको सहायक उपमहासचिवसरह हुनेछ । शान्ति सैनिक पठाउने मुलुकका सैनिक प्रतिनिधिबीचको प्रतिस्पर्धामा उपरथी हमाल फोर्स कमाण्डरमा चयन हुन सफल भएका हुन् ।

फोर्स कमाण्डमा छनोट भएका उपरथी हमालको इजरायल र सिरियाबाट एग्रिमो आउन केही ढिलाइ भएका कारण संयुक्त राष्ट्रसङ्घले हिजो मात्र त्यससम्बन्धी जानकारी सार्वजनिक गरेको थियो । उपरथी हमाल हाल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका प्रमुख (कमाण्डेन्ट) रहेका छन् ।

गोलानहाइटमा यसअघि पूर्वरथी बालानन्द शर्मा र हालका प्रधानसेनापति पूर्णचन्द्र थापा लगाएत तत्कालीन नेपाली सेनाका उपरथीत्रय कृष्णनारायणसिंह प्रधान, भिक्टी« राणा र पवनजङ्ग पाण्डेले पनि फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त पाएका थिए । फोर्स कमाण्डर शान्ति सैनिक पठाउने मुलुकलाई उपलब्ध गराइने सबैभन्दा माथिल्लो दर्जा हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *