एनआरएनए खेलकुद प्रतिष्ठानमा गुरुङको नेतृत्वमा २१ सदस्यीय समिति, सचिवालय सचिवमा गिरी

डिसी नेपाल
१४ फागुन २०७६ १२:०४

काठमाडौँ । गैरआवासीय नेपाल संघ (एनआरएनए)ले स्थापना गरेको ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’मा २१ सदस्यि कार्यसमिति गठन गरिएको छ।

प्रतिष्ठानको गतिविधिलाई व्यवस्थित ढँगले सञ्चालन गर्न एनआरएनएका युवा संयोजक हिमाल गुरुङको संयोजकत्वमा २१ सदस्यीय एक कार्यसमिति गठन गरिएको हो । कार्यदलले रवीना थापाको नेतृत्वमा रहेको एनआरएनएको महिला तथा युवा विभाग अन्तर्गत रहेर काम गर्ने संघले जनाएको छ ।

रोजगारीको लागि विदेश बस्न बाध्य नेपाली खेलाडीहरूलाई पनि राष्ट्रिय खेलकुदमा आवद्ध गराउने मुख्य उद्देश्यका साथ संघलेले ‘एनआरएनए स्पोर्ट एकेडेमी’को स्थापना गरेको थियो । प्रतिष्ठानले नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय सहायता जुटाउने काम पनि गर्ने बताइएको छ।

गठित खेलकुद प्रतिस्ठनाको सहसंयोजकमा अष्ट्रेलियाबाट राजु मान्नधर र अमेरिकाबाट उज्वल सिंह ठकुरी चयन भएका छन् । त्यस्तै एनआरएनएका पूर्व मध्यपूर्व उपसंयोजक धर्मराज गिरीलाई सचिवालय सचिवको जिम्मेवारीमा नियुक्त गरिएको छ ।

कार्यसमिति सदस्यहरुमा जापानबाट बस्नत गौचन, अष्ट्रेलियाबाट भुपाल सिटौला, विष्णु हमाल, कोमलराज पाठक, अमेरिकाबाट मकेन्द्र बहादुर सिंह, सिता पाण्डे, बेलायतबाट बुुद्दि गुरुङ, सिदार्थ गुरुङ, जीवन सेन, हङकङबाट चेतन गुरुङ, युएईबाट हिरालाल श्रेष्ठ, कतारबाट नानु घले, पोर्चुगलबाट नारायण काजी मगर, मकाउबाट शान्ति थापा, सिर्जन (बाबा भाई) डेनमार्कबाट शिव कार्की र क्यानाडाबाट सुभद्रा श्रेष्ठ रहेका छन् ।

५ सदस्यीय सल्लाहकार समिति गठन

प्रतिष्ठानमा ५ जना सदस्य रहेको एक सल्लाहकार समिति गठन गरिएको छ । जसमा नेपालबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवर, एन्फाका पूर्व अध्यक्ष गणेश थापा, अमेरिकाबाट एनआरएनए आईसीसी स्पोर्ट समितिका पूर्व सदस्य नारायण गुरुङ, जापानबाट एनआरएनएका पूर्व युवा संयोजक सुदन थापा, र अष्ट्रेलियाबाट एनआरएनए एनसीसी अष्ट्रेलियाका पूर्व उपाध्यक्ष स्वतन्त्र प्रताप शाह रहेका छन् ।

१२ सदस्यीय प्रशिक्षक समिति गठन

एकेडमीमा १२ सदस्यीय एक प्रशिक्षक समिति पनि गठन गरिएको छ । जसमा नेपालबाट ज्ञानेन्द्र ज्ञानेन्द्र तिमल्सिना (तेक्वान्दो), रवी शाही (कराँते), प्रविणकाजी श्रेष्ठ (जुडो), राज श्रेष्ठ (बक्सिङ), राजन खत्री, राकेश बज्रचार्य (एथलेटिक्स), राजेश श्रेष्ठ ( टेनिस), राजु सिंह, सजेश मान्धर ( फुटबल), स्वयम्भू राज डंगोल, युएईबाट मनोज श्रेष्ठ (फुटवल), र कतारबाट प्रविण गुरुङ (तेकान्दो) चुनिएका छन् ।

निर्वाचित कार्यसमितिका पदाधिकारीलाई संघका महासचिव डा. हेमराज शर्माल बधाई ज्ञापन गरेका छन । ‘हामी विश्वस्त छौं कि सबै नियुक्त कार्यसमितिहरुले एकेडेमीको मापदण्डहरूको समर्थन गर्दै, एनआरएन समुदायमा उत्कृष्टता र निरपेक्ष अखण्डताको प्रतिष्ठा बढाउनुहुनेछ,’ शर्माले भनेका छन ‘संघ निर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई ज्ञापान गर्दे सफल कार्यकालको कामना गर्दछ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *