पूर्वडिआइजी रमेश खरेलले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान सुरु गर्ने, ज्ञानेन्द्र शाही पनि साथमा

डिसी नेपाल
१४ फागुन २०७६ १२:४८

काठमाडौं। पूर्व डिआइजी रमेश खरेलले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान सुरु गर्ने भएका छन् । उनले आफ्नै संयोजकत्वमा यो अभियान सुरु गर्न लागेका हुन् । बिहीबार दिउँसो यसको औपचारिक घोषणा हुँदैछ । समाज परिवर्तनका लागि भनिएको यो अभियानमा आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही पनि आबद्ध रहेको बताइएको छ ।

अभियानले भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका साथै सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई मुख्य प्राथमिकता दिने बताइएको छ । अभियानमा केही पूर्वप्रशासक समेत आबद्ध भएको बताइएको छ । अभियानले प्रारम्भिक ६ महिनासम्मको गतिविधिलाई मूल्यांकन गरेर थप योजना तथा कार्यक्रम अघि सार्ने जनाइएको छ । २०७४ माघ २८ गते सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै खरेलले डिआइजी पदबाट राजीनामा दिएका थिए । प्रहरी संगठनमा खरेलले लोकप्रिय छवि बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *