विश्वको उन्नत भाषा नेपाली : राष्ट्रपति

डिसी नेपाल
१४ फागुन २०७६ १९:२७

अत्तरिया । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश कला, साहित्य, संस्कृति र भाषाको उर्बर भूमि भएको बताइन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा बुधबार धनगढीमा आयोजित विश्व साहित्य महोत्सवको उद्घाटन गर्दै उनले पहलमान सिंह स्वाँर, जयपृथ्वीबाहदुर सिंहजस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योगदानले नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुगेको बताइन्।

नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भएको बताउँदै राष्ट्रपति भण्डारीले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने एक माध्यम भएको बताइन् । उनले मानवजातिको अथक परिश्रमद्वारा सृजित भाषा एक आपसमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम भएको बताइन्। साहित्य समसामयिक समाजको ऐना भएको बताउँदै उनले साहित्य र समाजबीचको एक आपसमा अन्योन्याश्रित सम्बन्ध रहेको बताइन्। साहित्यले समाजका विकृति एवं विसङ्गतिलाई औँल्याउँदै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने भएकाले असल साहित्य सृजनामा साहित्यकार क्रियाशिल हुनुपर्ने राष्ट्रपति भण्डारीले जोड दिइन्।

महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योग्दान पु¥याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न सफलता हासिल गर्ने आफूले विश्वास लिएको उनले उल्लेख गरिन्। शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवद्र्धन गर्न मद्दत पु¥याउने भएकाले यस (सुदूरपश्चिम) क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढी गर्नुपर्ने महसुस उनले गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *