नेजाको १४औं अधिवेशन न्यूयोर्कमा, तयारी तिब्र

डिसी नेपाल
१४ फागुन २०७६ २१:३७

न्यूयोर्क । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को साँतौं अधिवेशन तथा १४ औं साधारण सभाको तयारी तिव्र पारिएको छ । आउँदो मे महिनाको २ र ३ तारिखमा हुन लागेको अधिवेशन लक्षित व्यवस्थापनका कार्यहरु अघि बढाइएको छ ।

विभिन्न कार्य प्रयोजनका लागि बनाइएका उपसमितिहरुले समेत आफ्नो क्षेत्र अन्तर्गतका कार्यहरु अघि बढाएका छन् । न्यूयोर्कमा हुन लागेको अधिवेशनका सन्दर्भमा न्यूयोर्क आसपासका क्षेत्रमा कार्यरत पत्रकारहरु समेत हर्षित भएका छन् । पत्रकार मात्र होइन न्यूयोर्कको नेपाली समुदायले समेत नेपाली पत्रकारहरुको भेलामा सहकार्यको हात अघि बढाउने जनाएको छ ।

यसै क्रममा साँतौं अधिवेशनका सन्दर्भमा न्यूयोर्कस्थित नेपाली समुदायका अभियन्ताहरुसँग नेजाले छलफल गरेको छ । ज्याक्सन हाइटमा आइतबार आयोजना गरिएको समुदायसंगको अन्तरक्रियामा आगामी अधिबेशनलाइर् सम्पन्न गर्नका लागि समुदायको के कस्तो सहयोग हुनेछ ? भन्ने विषयमा बिस्तृत छलफल गरिएको थियो ।

अमेरिका र क्यानडालाई कर्म क्षेत्र बनाएका पत्रकारहरुको भेलामा झण्डै १ सय ५० पत्रकारको सहभागीता हुनेछ । नेजाले अमेरिकाका विभिन्न राज्यमा बसोबास गरिरहेका नेपाली समुदायसँग सुमधुर सम्बन्ध स्थापित गराउने उद्देश्यले प्रत्येक वर्षको साधारण सभा तथा अधिवेशन फरकरफरक राज्य र शहरमा गर्दै आएको छ । त्यसै अनुरुप यस पटक न्यूयोर्कमा गर्ने तय गरिएको हो ।

न्यूयोर्कमा कार्यक्रम गर्दै गर्दा बिभिन्न राज्यबाट आउने पत्रकारहरुलाई खान र बस्न लगायत २ दिनको सम्पूर्ण ब्यवस्थापन गर्नुपर्ने भएकाले कार्यक्रम सम्पन्न गर्न समुदायको आर्थिक सहयोग आवश्यक पर्ने जानकारी गराउँदै संस्थाका कार्यबाहक अध्यक्ष बिकासराज न्यौपानेले समुदायलाई सकेको सहयोग गर्न आग्रह गरेका छन् ।

यस अघि कोलोराडो, वासिङगटन, क्यालिफोर्निया, भर्ज्नििया, टेक्सस लगायतका राज्यमा नेजाका विगतका साधारण सभा तथा अधिवेशन गर्दा समेत समुदायले ठूलो सहयोग गरेको उनले जानकारी गराए । साथै आगामी कार्यक्रमलाई सफल बनाउन न्यूयोर्कबासी नेपाली समुदायको ठूलो हात रहने उल्लेख गर्दै समुदायप्रति ठूलो अपेक्षा रहेको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *