राष्ट्रपतिद्वारा छ विधेयक प्रमाणीकरण

डिसी नेपाल
१५ फागुन २०७६ १८:०२

काठमाडौं । संसद्को दुवै सदनबाट पारित भएका छ विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् । राष्ट्रियसभाको बिहिबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सो जानकारी गराएका हुन् ।

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएकाले स्वीकृत गरी सो मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडालाई र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई दिइएको जानकारी राष्ट्रपति कार्यालयको पत्र उल्लेख गर्दै अध्यक्ष तिमल्सिनाले सुनाए ।

यसैगरी बिहिबारको बैठकमा सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘पिछडिएको क्षेत्र, समुदाय, संस्कृति र राष्ट्रिय सम्पदाको अवस्था सम्बन्धमा कर्णाली प्रदेशको स्थलगत अध्ययन भ्रमण तथा अन्तक्र्रिया कार्यक्रमको प्रतिवेदन, २०७६’ पेश गरेकी थिईन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *