खरेलको साथ नपाएपछि ज्ञानेन्द्र शाहीले भने, ‘खुट्टा मोल्न तयार छु’

डिसी नेपाल
१५ फागुन २०७६ १८:१९
4
Shares

काठमाडौं। राजधानीमा एक कार्यक्रमका बिच ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ घोषणा भएको छ। सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा भ्रष्ट्रचार विरोधी, राष्ट्रहित, सुशासन र नागरिक अधिकारलाई केन्द्रमा राखेर यो अभियान घोषणा भएको हो। ज्ञानेन्द्र शाही यसअघि बिभिन्न भ्रष्ट्रचार बिरुदको आन्दोलन, राष्ट्रहित र सुशासनको पक्षमा उभिएका अभियन्ता हुन। उनि ‘नेपालका लागि नेपाली अभियान’बाट अभिव्यक्तिकै कारणले निकालिएका थिए।

पूर्वडिआइजी रमेश खरेलको संयोजकत्वमा घोषणा हुने भनिएको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ बाट रमेश खरेल, पूर्व कायमुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवको टोली अलग्गिएपछि यसको संयोजकत्व ज्ञानेन्द्र शाहीले लिएका छन्। उपसंयोजक नारायणहरी तिवारी, सचिव भिम बहादुर शाही, प्रवक्ता नन्द प्रसाद कार्पी, सहसचिव महेन्द्र प्रसाई र कोषाध्यक्ष जिता रावलसहित १० जनाको केन्द्रीय कार्यकारी परिषद गठन भएको छ। देशका ७७ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी पनि छिट्टै टुङ्गो लाग्ने अभियानका सचिव भिम बहादुर शाहीले बताए।

ज्ञानेन्द्र शाहीले अभियानमा रमेश खरेल जोडिन आए आफू रमेश खरेलको नेतृत्वमा अघि बढ्न तयार रहेको बताए। उनले भने, ‘अझै पनि रमेश खरेल हामीसँग जोडिएर हाम्रो नेतृत्वमा आउन सक्नुहुनेछ, किनभने मेरो उमेर २८ बर्ष भयो, उहाँले प्रहरी सेवामा काम गरेकै २९ बर्षभन्दा बढी भएको छ त्यसैले उहाँसँग अनुभब छ। उहाँ भ्रष्टाचार र गुन्डगर्दिको बिरुद्धमा एउटा छबि बनाइसकेको हुनाले म उहाँको नेतृत्वमा बस्न तयार छु, खुट्टा मोल्न पनि तयार छु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *