अहिले नै नअत्तालिनुहोस् : माधवकुमार नेपाल

डिसी नेपाल
१५ फागुन २०७६ २१:०६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधावकुमार नेपालले पछिल्ला घटनाहरुका कारण पार्टी विभाजित हुने र आन्दोलन नै विसर्जनमा जाने प्रश्नहरु उठेको बताएको छन् । नेकपा बागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी विभाजन हुने विषयमा प्रश्न उठेकाले प्रष्ट हुनुपर्ने बताए ।

नेता नेपालले भने, ‘पत्रपत्रिकामा पढेर तपाइहरुको दिमाग खराब भएको छ, कतै यो पार्टी भताभुङ्ग हुने त होइन, कतै यो पार्टी विभाजित बन्ने त होइन, पार्टी मात्रै होइन यो आन्दोलन नै कतै विसर्जनको दिसामा जाने त होइन ? यस्ता प्रश्नहरुपनि नउठने गरेका होइनन् । उठछन र त्यसको बारेमा हामी प्रष्ट हुनु पर्दछ । ’

उनले यो आन्दोलनलाई विसर्जनको दिसामा जान र पार्टीलाई विघटनको दिसामा जान नदिने बताए । ७० वर्षको लामो यात्रा पार गरेर अहिलेको अवस्थामा आइपुगेकाले पार्टी भित्र उब्जिएका समस्या देखेर नआत्तिन कार्यकर्ताहरुलाई आग्रह समेत गरे । उनले पार्टी भित्र समस्या पनि हुने र समाधान पनि हुने भएकाले विचलित हुनुपर्ने आवश्यकता नरहेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ऐतिहासिक कोसेढुङ्गाको रुपमा दुई पार्टीलाई एकतावद्ध गरेर नेपाली जनतालाई विश्वास दिलाउन सफल भएको बताए । एकिकरण भएको झण्डै दुई वर्ष भइसक्दा समेत एकताका केही कामहरु टुङ्ग्याउन नसकेको भएपनि त्यसैमा मात्रै चिन्तित हुनुपर्ने आवश्यकता नरहको बताए । उनले एकिकरणको काममा विलम्ब भएकोले छिटो भन्दाछिटो सम्पन्न गरेमात्र कार्यकर्तामा एकताको अनुभुति हुने बताए ।

उनले एकता संघर्ष र एकता निरन्तर चलिरहने प्रकृया भएको समेत बताए । उनले देशमा कम्युनिष्ट पार्टीबाहेक अन्य पार्टीलाई जनताले विश्वास नगरेको उल्लेख गर्दै नेकपाले आफ्नो योज्ञता प्रदर्शन गर्न सकनुपर्ने र एक्लो छौं, दुई तिहाई छौं भनेर दम्भको सिकार बन्न नहुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *