मेरो जन्म दिनको केक देखेरे धुरुधुरु रोए : प्रधानमन्त्री ओली

डिसी नेपाल
१५ फागुन २०७६ २०:१०

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकाविरुद्ध लेख्न पार्टीकै नेताहरु सक्रिय भएको बताएका छन्।

बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमम बोल्दै ओलीले पार्टीको विभिन्न कमिटिमा रहेका नेताहरुले आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारको बदनाम गर्न खोजेको आरोप लगाए।

पार्टीको संगठन ब्यापक, सुदृढ र गतिशिल भए पनि प्रचार माध्यममा कमजोर रहेको उल्लेख गर्दै ओलीले २, ४ वटा पार्टीका नेताहरु आफ्नो मिडिया सञ्चालन गरेर पार्टी र सरकारविरुद्ध सक्रिय रुपमा लागेको बताए।

‘पार्टीका विभिन्न कमिटिमा बसेका छन्। वभिन्न कमिटिबाट सञ्चालित छन्। विभिन्न कमिटिका नेताहरु छन्। लेख्ने बेलामा, छाप्ने बेलामा पार्टीका विरुद्ध खोइरो खनेर छापेका छन्। त्यो कुनै महान काम होइन। त्यस्ता कुरा पार्टीले समयक्रममा मुल्याङ्कन गर्छ’, उनले भने।

प्रधानमन्त्री ओलीले लेख्नुपर्ने कुरा नलेखेर केकको विषयमा रुवाबासी गरेको बताए। ‘त्यहाँ विजुली पुगेको लेख्दैनन्। त्यहाँ पानी पुगेको लेख्दैनन्। त्यहाँ पुस्ताँैदेखि मान्छे काकाकुल बनेका थिए, त्यो लेख्दैनन्। पानीको धारा घरघरमा खसेको देखेर दिदीबहिनीहरु नाँचे त्यसमा चिन्ता छ। वारी पट्टी मेरो घर छ, मेरो जन्म थलो। धेरै वर्ष पछि म पुगेँ, गाउँमा जन्मेको मान्छे प्रधानमन्त्री भएर आउँदैछ भनेपछि बाजागाजासहित बाटो शिलान्यास गराए। म पुग्दा पानी, विजुली, बैंकको शाखा लिएर गए। खुसी मनाउनु स्वभविक हो, त्यो दुर्गम ठाउँमा १० औं हजार मान्छेले उत्सव मनाए पत्रकारहरु धुरुधुरु रोए।’

प्रधानमन्त्री ओलीले मान्छेहरुले खुसी भएर केक, खाजा लगायतका परिकार लिएको उल्लेख गर्दै भने, ‘मान्छे खुसी भएर कसैले केक ल्याए कसैले खादा ल्याए कसैले के गरे। होइन म नेवार ज्वाई परे ऐँला मात्रै ल्याउ भन्नुभएन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाकाबन्दी शब्द’ उच्चारण गर्न नसक्ने काँग्रेसले केकमा राष्ट्रबाद खोजेको टिप्पणी गरे। ‘कांग्रेसले भारतले नाकाबन्दी गर्दा, नाकाबन्दी लगाउँदा ग्यास नहुँदा, चुलो नबल्दा आफै भोकै बस्दा समेतको स्थितिको कुरा गर्न समेत नसक्ने अहिले केकमा राष्ट्रवाद। कांग्रेस केक राष्ट्रवादी हो’, उनले भने, ‘नाकाबन्दी लागेको बेला बोलन नसक्ने, नाकाबन्दी बेठिक हो भन्न नसक्ने, नाकाबन्दी शब्द उच्चारण गर्न नसक्ने अहिले केक राष्ट्रवादी, केकमा देख्ने राष्ट्रवाद।’

प्रधानमन्त्री अ‍ोलीले बेकारमा तमासा गरेर राजनीति गर्छु भन्नु उचित नभएको समेत बताए।

प्रधानमन्त्री ओलीले आफु संसदबाट नभागेको बताए। बाहिर संसदबाट प्रधानमन्त्री भागे भनेर प्रचार भएको उल्लेख गर्दै ओलीले भने, ‘संसदबाट भागेको होइन। संसदमा २ तिहाइ ल्याएको संसदको नेता नेत हुँ म। भाग्ने कुरा हुन्छ ? नेपाली जनताले छानेर सरकार चलाउनका लागि भनेको, नेकपाले छानेर सरकार चलाउन प्रधानमन्त्री बनाएको, देशभरीका कार्यकर्ताको अपार विश्वास स्नेह पाएको, संसदबाट निर्वाचित म संसदबाट भागेँ भन्ने के शब्द बोल्या?’

प्रधानमन्त्री अ‍ोलीले सरकारले सुरु गरेको महाअभियानलाई सफल पार्न एक अर्कालाई सहयोग गर्नुपर्ने समेत बताए।




प्रतिक्रिया

2 thoughts on “मेरो जन्म दिनको केक देखेरे धुरुधुरु रोए : प्रधानमन्त्री ओली

  1. मुलुकलाई सही दिशा दिन प्रचण्डको भूमिका खोज्दै जनता

  2. संसदमा २ तिहाइ ल्याएको संसदको नेता नेत हुँ म। भाग्ने कुरा हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *