प्रजातन्त्र सेनानी गौलीको निधनप्रति काग्रेसद्वारा दुःख व्यक्त

डिसी नेपाल
१६ फागुन २०७६ २०:१२

काठमाडौं । नेपाली काँग्रेसले प्रजातन्त्र सेनानी अमरबहादुर गौलीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार शोक विज्ञप्ति जारी गर्दै पार्टीका पुराना नेता एवं पूर्वमहासमिति सदस्य ८६ वर्षीय गौलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

विसं २०६४ को संविधानसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं–२ बाट उम्मेदवार बनेका गौलीको शुक्रबार बिहान इटहरीस्थित आफ्नै निवासमा निधन भएको हो । गौलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

गौलीको निधनमा पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। ‘काँग्रेस सुनसरीका पुराना नेता गौलीको निधनले मलाई दुखित बनाएको छ, गौलीले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा पु¥याउनुभएको योगदान महत्वपूर्ण छ’, देउवाले भनेका छन् । सभापति देउवाले गौलीको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *