राजकुमार ह्यारीले बोन जोभीसँग गीत गाए
बीबीसी । राजकुमार ह्यारीले बोन जोभीसँग लन्डनमा बिटल्सको चर्चित तस्बिरजस्तै देखिने तस्बिर खिचेका छन्
ब्रिटिश राजकुमार राजकुमार ह्यारीले लन्डनमा अमेरिकी गायक जोन बोन जोभीसँगै माइक्रोफोन समातेका छन्।
उनीहरू अबे रोड स्टुडियोमा जोभीको पुरानो गीत ‘अनब्रोकन’को पुन: रेकर्डिङमा सहभागी भएका हुन्। उनीहरूले सो गीत सशस्त्र सुरक्षा फौजमा घाइते भएकाहरू समावेश इन्भिक्टस गेम्स कोअरसँग रेकर्ड गरेका हुन्।
मार्चको अन्त्यमा शाही जिम्मेवारीबाट मुक्त हुने राजकुमार ह्यारीले आफू र जोभीले गीत गाएको छोटो भिडिओ सामाजिक सञ्जालमा राखेका छन्।
बोन जोभीले आफू ‘पहिले राजकुमार भनेर चिनिएका गायक’सँग काम गर्न गइरहेको बताएका थिए। बिटल्सका कारण चर्चित बनेको स्टुडियोको भर्याङ्मा दुवैले एकअर्कासँग भेटेको बताइएको छ। त्यसपछि दुवैलाई सन् १९६० को दशकमा बिटल्सले गीत रेकर्ड गर्ने स्टुडियो-२ देखिने कन्ट्रोल रुममा लगिएको थियो।
त्यहाँ खिचिएको एउटा भिडिओमा दुवैजनालाई हेडफोन लगाएको देख्न सकिन्छ तर सो भिडिओ उनीहरूको गीत गाउन सुरु गर्ने बेलामा सकिन्छ। बोन जोभीले आफूले राजकुमार ह्यारीलाई गीत पठाएको र ह्यारीले आफू इन्भिक्टस गेम्ससँग गरिने कुनैपनि कार्यमा सहभागी हुन इच्छुक रहेको बताएका थिए।
अबे रोडको चर्चित जेब्राक्रसमा राजकुमार ह्यारी
राजकुमार ह्यारीले सन् २०१४ मा घाइते सशस्त्र सुरक्षा फौजका मानिसहरूलाई सहयोग गर्न इन्भिक्टस गेम्स कोअर स्थापना गरेका थिए।
जोन बोन जोभीका बाबुआमाले नै अमेरिकी सेनामा सेवा गरेका थिए। सो गीत मार्चको अन्त्यमा सार्वजनिक हुने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment