अफगानिस्तानबाट १४ महिनाभित्र विदेशी सेना बाहिरिने घोषणा, अमेरिका–तालिबान सम्झौता हुँदै
काबुल (एजेन्सी)। अफगानिस्तानबाट आगामी १४ महिना भित्र विदेशी सेना फिर्ता हुने घोषणा गरिएको छ।
शनिबार काबुलमा अफगान राष्ट्रपति अर्शरफ घानीले अमेरिकी रक्षामन्त्री मार्क इस्पर र नेटो का महासचिब जर्नेल स्टोलेनबर्गको उपस्थितिमा अमेरिकी तथा अन्य विदेशी सेनाको फिर्ताको घोषणा गरेका छन्।
उनले अब अफगानिस्तानमा शान्ति बाहाली हुने विश्वाससमेत व्यक्त गरेका छन्। उनले अफगान वारको विधिवत अन्त्य भएकोसमेत जनाएका छन्।
कतारको दोहामा आजै अमेरिका र तालिबानबीच शान्ति सम्झौता हुनुभन्दा केही समयअगाडि काबुलबाट विदेशी सेना फिर्ता सम्बन्धि घोषणा भएको हो।
आजै अमेरिका र तालिबानबीच शान्ति सम्झौता हुँदैछ। सो शान्ति सम्झौतामा हस्ताक्षर हुने भएपछि अमेरिकी विदेशमन्त्री माइक पोम्पो दोहा पुगेका छन्। शनिबार केही सयम अगाडि उनी दोहा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणका मुख्य योजनाकार ओसामा बिन लादेनलाई अमेरिकाले सुपुर्दगी गर्न भने पनि अफगानिस्तानको तत्कालीन तालिबान सरकारले अस्वीकार गरेपछि अमेरिकी नेतृत्वमा नेटो सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो।
अमेरिकी आक्रमणमा तालिबान सरकारको पतन भए पनि तालिबानले लुकिछिपी आक्रमण भने जारी राखेका छन्। अफगान युद्धमा हजारौं अफगानि र सयौं विदेशी सेनाले ज्यान गुमाएका छन्। तालिबानसँग सम्झौता भएसँगै अफगान युद्धको अन्त्ये भएको घोषणा हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment