महाधिवेशनमा होमिएको काँग्रेसमा थपिए केन्द्रीय सदस्य, विभाग पनि गठन

डिसी नेपाल
१७ फागुन २०७६ १९:४४

काठमाडौं। आगामी महाधिवेशनको तयारीमा जुटिसकेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति विस्तार गरिएको छ।

शनिबार सभापति शेरबहादुर देउवाले ५ जना आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेका छन्। आगामी वर्षको फागुनमा काँग्रेस १४ औं महाधिवेशनको मिति तोकेर त्यसको तयारीमा जुटिसकेको छ।

देउवाले आफू निकटका कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ) लाई मनोनयन गरेका छन्।

यस्तै सभापति देउवाले शनिबारै पार्टीका विभिन्न १३ वटा विभागसमेत गठन गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलाको विरोधका बावजुद देउवाले केन्द्रीय समिति विस्तार विभाग गठन गरेका हुन्।

विभागीय प्रमुख यसप्रकार रहेका छन्ः

१ गोपालमान श्रेष्ठ संगठन विभाग
२ रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग
३ फरमूल्लाह मन्सुर मुस्लिम विभाग
४ अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग
५ आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
६ अजयकुमार चौरसिया तराई–मधेश समन्वय विभाग
७ महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग
८ शंकर भण्डारी तरुण विभाग
९ सीता गुरुङ आदिवासी जनजाति विभाग
१० गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग
११ चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग
१२ विश्वप्रकाश शर्मा (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग
१३ शिवप्रसाद हुमागाँइ श्रमिक तथा टे«ड युनियन विभाग




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *