पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपाले बोलायो सचिवालय बैठक

डिसी नेपाल
१८ फागुन २०७६ ९:२०

काठमाडौं। उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सचिवालय बैठकले सर्वसम्मतिले निर्णय गरेपछि उत्पन्न विवादका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दैछ।

आइतबार (आज) साढे ११ बजे बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रधानमन्त्री केपी ओलीले आफ्नो भनाइ राख्ने बताइएको छ।

बामदेव गौततलाई राष्ट्रियसभामा मनोनित गर्ने सचिवालयको निर्णयपछि प्रधानमन्त्री ओलीले आफूले यसअघि नै डा. युवराज खतिवडालाई मनोनितका लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको बताउँदै आएका छन्।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अधिकारीसहितको अध्यक्ष बनाउँदा पार्टीले सरकारको काममा हस्तक्षेप नगर्ने सहमति भएको, तर अहिले विदेशीको इशारामा पार्टीभित्र बखेडा झिक्ने र सरकारलाई अप्ठेरो पार्ने काम गरेको आफू निकटसँग बताउँदै आएका छन्।

तर अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव विष्णु पौडेललगायतले भने सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नै पर्ने अडान राख्दै आएका छन्। विवादकाबीच बोलाइएको सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *