कोरोनाको संक्रमणबाट अस्ट्रेलियामा पनि एक जनाको मृत्यु

डिसी नेपाल
१८ फागुन २०७६ १०:४५

काठमाडौँ । केही दिनयता चीन बाहिर बढेको कोरोना भाइरसको सङ्क्रमणबाट अस्ट्रेलियामा पनि एक जनाको ज्यान गएको छ।

जापानको क्वारेन्टाइनमा राखिएका ‘डायमण्ड प्रिन्सेस’ पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलियाको स्वास्थ्य विभागले पुष्टी गरेको छ।

ती पुरुषको पर्थमा रहेको सर चार्लेस गेर्डनर अस्पतालमा मृत्यु भएको हो । कोरोनाबाट ज्यान गुमाएका उनको परिचय भने खुलइएको छैन।

यसअघि अमेरिकाको वाशिङटन राज्यमा कोरोनाभाइरसका कारण एक जनाको ज्यान गएको छ।

पहिले नै केही स्वास्थ्य समस्या रहेका पाँचको दशकको उमेर भएका पुरुषको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

चीनमा घटेसँगै विश्वभर बढ्यो कोरोना संक्रमण, ८३ हजार बढी संक्रमित


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *