नेपालका लागि नवनियुक्त भारतीय राजदूत काठमाडौँ आइपुगे
काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् ।
गत महिना जनवरी ३० मा भारतीय विदेश मन्त्रालयले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो।
तीन दशकदेखि भारतीय विदेश सेवामा रहेका क्वात्रासँग यसअघि संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्स लगायतका मुलुकमा काम गरेको अनुभव छ।

त्यसैले पनि उनीहरुलाई अनुभवी र चतुर कुटनीतिज्ञका रुपमा समेत लिने गरिन्छ । शालिन कुटनीतिको छवि बनाएका पूर्व राजदूत मन्जिभसिंह पुरीको अवकाशसँगै भारतले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गरेको हो।
क्वात्राले यसअघि २००६ देखि २०१० सम्म नेपाल स्थित सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त व्यूरो प्रमुखका रुपमा प्रतिनिधित्व गरेका थिए ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment