नेकपा सचिवालय बैठक जारी, गौतम कि खतिवडा?

डिसी नेपाल
१८ फागुन २०७६ १३:०२

काठमाडौं। उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सचिवालय बैठकले सर्वसम्मतिले निर्णय गरेपछि उत्पन्न विवादका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक बसिरहेको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा राष्ट्रिय उपाध्यक्ष बामदेव गौततलाई राष्ट्रियसभामा मनोनित गर्ने सचिवालयको निर्णयका विषयमा छलफल भइहरेको बताइएको छ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले आफूले यसअघि नै डा. युवराज खतिवडालाई मनोनितका लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको बताउँदै आएका छन्।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अधिकारीसहितको अध्यक्ष बनाउँदा पार्टीले सरकारको काममा हस्तक्षेप नगर्ने सहमति भएको, तर अहिले विदेशीको इशारामा पार्टीभित्र बखेडा झिक्ने र सरकारलाई अप्ठेरो पार्ने काम गरेको आफू निकटसँग बताउँदै आएका छन्।

तर अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव विष्णु पौडेललगायतले भने सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नै पर्ने अडान राख्दै आएका छन्।

प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरु बामदेव गौतमको पक्षमा छन् भने प्रधानमन्त्री ओली र सचिवालय सदस्य ईश्वर पोखरेल भने डा। खतिवडालाई नै निरन्तरता दिनुपर्ने अडानमा देखिएका छन् ।

नेकपा सचिवालय बैठकले विवाद समाधानको मध्यमार्गी उपाय खोज्ने अनुमान गरिएको छ। राष्ट्रिय सभामा गौतमलाई पठाउने र अर्थमन्त्रीमा डा। खतिवडालाई नै निरन्तता दिने गरी समस्याको समाधान खोजिने नेताहरुले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *