प्रचण्डमाथि राष्ट्रिय सभा गृहमा जुत्ता प्रहार
काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको छ। राष्ट्रिय सभा गृहमा आयोजित प्रथम भरतमोहन अधिकारी स्मृति कार्यक्रममा आफ्नो सम्बोधन सकेर बस्दै गरेका उनीमाथि जुत्ता प्रहार भएको हो।
यद्यपी उनलाई सो जुत्ता लागेको छैन। कमरेड प्रचण्ड नामको फेसबुक पेजमा प्रचण्डले आफ्नो सम्बोधन सकेर बस्दै गर्दा जुत्ता प्रहार गरेको देखिएको थियो।
त्यसपछि त्यहाँ प्रचण्डका सुरक्षाकर्मीले जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment