प्रचण्डलाई जुत्ता प्रहार गर्ने व्यक्ति प्रहरीको खोजी सूचीमा !
काठमाडौं। आइतबार नेकपा (नेपाल कम्युनिष्ट पार्टी) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक नेत्रविक्रम चन्दले नेतृत्व गरेको प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको नेकपा (नेपाल कम्युनिष्ट पार्टी) जुम्लाले दावी गरेको छ।
नेकपा जुम्लाले प्रचण्डमाथि जुत्ता प्रहार भएपछि विज्ञप्ति जारी गर्दै जुत्ता प्रहार गर्ने जुम्लाको सिञ्जाका रतन तिरुवा विप्लव समूहका कार्यकर्ता रहेको दावी गरेको हो।
नेकपा जुम्लाका अध्यक्ष विरबहादुर कुँवरले जुत्ता प्रहार गर्ने रतन सिञ्जाका मुन तिरुवाका छोरो भएको र उनी कुनै ‘शहीद’को छोरा नभएको बताएका छन्।
उनले रतन यसअघि पनि अराजक गतिविधिमा संलग्न रहेको र प्रहरीले खोजी गरिरहेको व्यक्ति भएको दावी गरेका छन्।

No ads found for this position
Facebook Comment
प्रतिक्रिया

डिसी नेपाल
Yo janmara prachandra catto khane bhoun leai chipal hoina.attam bum hanuparch